You are viewing the translated version of विद्युतीय माध्यम वा पत्रिका मार्फत म्याद तामेल गर्न सकिने.

Rule 14
विद्युतीय माध्यम वा पत्रिका मार्फत म्याद तामेल गर्न सकिने
: (१) नियम ११ बमोजिम म्याद तामेल हुन नसकेमा र उजुरवाला वा पुनरावेदकले इमेल वा अभिलेख हुन सक्ने विद्युतीय माध्यमको ठेगाना उपलब्ध गराएको भएमा सो माध्यमबाट समेत म्याद तामेल गराउन सकिनेछ। (२) उपनियम (१) बमोजिम म्याद तामेल हुन नसकेमा कुनै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेर म्याद तामेल गर्न सकिनेछ।
(३) उपनियम (१) र (२) बमोजिम :म्याद- तामेल गरेपछि म्याद प्राप्त गर्नुपर्ने व्यक्तिले म्याद बुझेको मानिनेछ ।
(४) उपनियम (२) बमोजिम सूचना प्रकाशन गर्दा लाग्ने खर्च उजुरवाला वा पुनरावेदकबाट लिइनेछ र उजुरवाला वा पुनरावेदकको माग बमोजिम निर्णय भएमा फैसला कार्यान्वयन गर्दा विपक्षीबाट उजुरवाला वा पुनरावेदकलाई त्यस्तो खर्च. बराबरको- रकम बिगो सरह भराइनेछ।